भन्सार । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीको अवसरमा यहाँ सम्पन्न १७औं भानु कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि च्याङ्ली स्पोर्टस क्लब, गोरखाले जितेको छ ।
भन्सारबजार स्थित भानु रंगशालामा भएको फाइनल भिडन्तमा च्याङ्लीले लिभिक कन्स्ट्रक्सन शुक्लालाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । विजेता बनेको च्याङ्लीले उपाधिसहित नगद २ लाख ५० हजार २ सय ११ रुपैयाँ हात पार्यो भने उपविजेता लिभिकले १ लाख २५ हजार २ सय ११ नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो ।
भन्सार युवा परिवार, भिमसेन युवा क्लब र साल्बिस्ने युवा क्लबको सयुक्त आयोजनामा सम्पन्न भएको प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीहरुलाई पूर्व मन्त्री एवं प्रतिनिधिसभा सदस्य शंकर भण्डारी, भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठी र उप–प्रमुख उमा गोतामे लगायतले पुरस्कृत गरेका थिए ।
- बि.बि.सि.तेह्रथुमलाई नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि
- छथर जोरपाटि र बि.बि.सि. फाइनलमा भिड्ने
- छथर जोरपाटी धनकुटा तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको फाइनलमा प्रवेश
- प्यारालाइसिस अवस्थामा रहेका तेह्रथुमका एन्फा रेफ्री सुमन खापुङको आज मुटुको अप्रेशन हुँदै
- नेत्र गुरागाई स्मृति गोल्डकपको सेमिफाइनल समीकरण पूरा