News
आयोजक र फुङनाम क्वाटरफाइनलमा
दमक । आयोजक योङ ब्लड एफसी र फुङनाम स्र्पोटिङ क्लब जारी प्रथम यु–१९ युथ फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बुधबार भएको पहिलो खेलमा आयोजकले राइजिङ स्र्पोटिङ क्लबलाई १–० ले हरायो । आयोजकको जितमा आयुष मगरले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता आयोजकका आयुष मगर नै म्यान अफ दि म्याच चुनिए ।
त्यस्तै अर्को खेलमा फुङनामले देउराली फुटबल क्लबलाई २–१ ले हराउँदै अन्तिम आठमा प्रवेश गर्यो । फुङनामका लागि साहिल लिम्बु र बिमल नेपालीले गोल गरे । पराजित देउरालीका लागि भने निश्चल श्रेष्ठले गोल फर्काएका थिए । खेलको म्यान अफ दि म्याच फुङनामका बिमल नेपाली चुनिए ।
यही असार ३२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४५ हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- बालोदय बोर्डिङ स्कुललाई पाँचौँ वडाध्यक्ष कपको उपाधि
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक