ANFA चुलाचुली गाउँपालिका निलो फाइनलमा प्रवेश
गोलनेपाल

चुलाचुली । प्रथम अन्तर पालिका स्तरीय चुलाचुली अध्यक्ष कप पुरुष फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा जित हात पार्दै चुलाचुली गाउँपालिका निलो फाइनल प्रवेश गरेको छ । बालज्योति को खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा शिबसताक्षि नगरपालिकालाइ २:० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्यो ।

पहिलो हाफमा गोल रहित बराबरि खेलेको दुबै टोलिले दोस्रो हाफमा घरेलु टोलि दबदबा कायम राक्दै जर्सि न ९ का सुनिल श्रेष्ठले घरेलु टोलिका लागि पहिलो गोल गरे गोल गरेपछि हौसिएको घरेलु टोलि चुलाचुलीको लागि दोस्रो गोल जर्सि न ११ का ताङसङ लिम्बुले गोल गरेपछि चुलाचुलीले २:० को जित निकाल्दै फाइनलमा प्रवेश गर्यो।

खेलको प्लेयर अफ दि म्याच कप्तान दिबस श्रेष्ठ घोषित भएका थिए । प्रतियोगिता अन्तर्गत सोमबारको दोस्रो सेमिफाइनल खेल चुलाचुली गाउँपालिका रातो र मिक्लाजुङ गाउपालिका बिचमा हुनेछ।

Post Comments