ANFA फाइनलमा पोखरा थन्डर्स, उपाधिका लागि ललितपुरसँग भिड्ने
गोलनेपाल

काठमाडौं । प्रतियोगितामा सुस्त शुरुवात गरेको पोखरा थन्डर्स फुटबल क्लब जारी तेस्रो नेपाल सुपर लिगको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

बुधबार भएको दोस्रो क्वालिफायरतर्फ दावेदार मध्ये एक र पछिल्लो दुई सिजनको लगातार फाइनल खेलको धनगढी एफसीर्ला शून्यका विरुद्ध १ गोलले हराउँदै पोखरा पहिलोपटक उपाधि नजिक पुगेको हो ।

दशरथ रंगशालामा भएको रोमाञ्चक खेलको इन्जुरी समयमा स्टेफन समिर बिनोङले गरेको एक मात्र गोल पोखरेली टिमलाई फाइनल पुर्याउन निर्णायक गोल बन्यो ।

पोखराले अब बैशाख १३ गते शनिबार हुने फाइनलमा साविक विजेता ललितपुर सिटी फुटबल क्लबसँग उपाधिका लागि भिड्नेछ । ललितपुरले पहिले क्वालिफायरमा धनगढीलाई नै हराएर फाइनल प्रवेश गरेको थियो ।

 

Post Comments