ANFA तिलोत्तमा भेट्रान्स सेमिफाइनलमा
सुरज राना मगर

सालझण्डी । सहज जितका साथ तिलोत्तमा भेट्रान्स यहाँ जारी प्रथम विश्व शान्ति भेट्रान्स कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

आइतबार भएको पहिलो क्वाटरफाइनलतर्फ तिलोत्तमा भेट्रान्सले कञ्चन भेट्रान्समाथि ३–१ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

पशुपति माविको खेलमैदानमा भएको खेलमा तिलोत्तमा भेट्रान्सका लागि बिष्णु थापा, देव अमात्य र मनोज गुरुङ्गले गोल गरे । पराजित कञ्चन भेट्रान्सका लागि भने संजय कुमार बिकले एक मात्र गोल फर्काएका थिए ।

खेलमा तिलोत्तमा भेट्रान्सका मनोज गुरुङ म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत बैशाख १५ गते सोमबारको दोस्रो क्वाटरफाइनल खेल आयोजक विश्व शान्ति भेट्रान्स (ए) र खस्यौली भेट्रान्स बीच हुने कार्यक्रम संयोजक ओम छन्त्यालले जानकारी दिए ।

विश्व शान्ति युवा क्लब, सैनामैना–१०, सालझण्डीको आयोजना तथा सैनामैना नगरपालिका वार्ड नम्बर १० को कार्यालय संरक्षक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले २५,५०० प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख २० गतेका दिन हुनेछ ।

Post Comments