
ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका वडा नं.२ ढुङ्गेसाँगुमा अवस्थित ठोट्ने शिङ्घराज मनरानि आधारभुत विद्यालयको खेलमैदानमा लालिमा क्लबको आयोजनामा जारी दोस्रो आमन्त्रित लालिमा रनिङ कप बिहीबार सुरु भएको छ ।
नेपाली नयाँ वर्षको अवसरमा आयोजित फुटबल प्रतियोगीता बैशाख ८ गते सोमबार सम्म चल्ने छ । यस प्रतियोगितामा ताप्लेजुङ, संखुवासभा,पाँचथर,तेह्रथुम र सुनसरीका गरी जम्मा आठ टोलीलाई आमन्त्रण गरिएको छ ।
बिहीबार एकमात्र पहिलो खेल लालिमा क्लब (आयोजक ) र योङ ब्वाइज धरान सुनसरीबिच रोमाञ्चक प्रतिस्पर्धा रहेको थियो । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा आयोजक लालिमाले पाहुना टोली धरानलाई शून्यका विरुद्ध एक गोलले हराउँदै सेमीफाइनल प्रवेश गरेको छ । लालिमाको लागि एकमात्र निर्णायक गोल खेलको चालीस मिनेटमा सुशिल माङ्देनको पासमा सुरेन्द्र लिम्बूले गरका थिए। निर्णायक गोल गरेका सुरेन्द्र लिम्बू उक्त खेलको म्यान अफ दि म्याच घोषित हुँदा नगद रु. २००० रुपैयाँ पनि प्राप्त गरका छन्।
शुक्रबार पनि एक खेल मात्र खेल श्री प्रगतिशील युवा क्लब मेरिङदेन - ४ लिङ्तेप ताप्लेजुङ र हाङथुम क्लब मादी मुलखर्क सङ्खुवासभा बीच दिनको ठीक २ : ३० बजे सुरु हुनेछ। प्रतियोगिताको विजेताले नगद रू. एक लाख,पैंसठ्ठी हजार रुपैयाँ सहित रनिङ शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने, उपविजेता हुने टोलीले नगद रु. नब्बे हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
व्यक्तिगत विधातर्फ पनि उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, प्लेयर अफ दि टुर्नामेन्ट आदिले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।
- ताप्लेजुङ गोल्डकपलाई फुङलिङ नगरपालिकाको सात लाख सहयोग
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधि सिसास खोक्लिङलाई
- प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको उपाधिका लागि सिसास खोक्लिङ र ढुंगेसाघु भिड्ने
- ताप्लेजुङ: प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनल समिकरण पूरा
- सिसास खोक्लिङ प्रथम मिक्वाखोला राष्ट्रिय युवा संघ कपको सेमिफाइनलमा