
हेटौडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको महिला गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । एन्फाका केन्द्रीय सदस्य एवम् आयोजक मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाले प्रतियोगिताको तयारी पूरा भएको बताए ।
आयोजकद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सातौं संस्करणबाट प्रतियोगिताको ढाँचामा परिवर्तन गरि पुरुष मात्र नभई महिलाको फुटबल खेल सिपको प्रदर्शन गर्न महिला गोल्डकप आयोजना गर्न लागेको अध्यक्ष लामाले बताए ।
बैशाख १९ गते बाट हेटौंडा–६ स्थिर गौरीटार रंगशालामा सञ्चालन हुने प्रतियोगितामा ३ विभागीय टोली र ५ वटा जिल्ला क्लबको सहभागिता रहने छ । प्रतियोगितामा एपीएफ, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लब, आयोजक मकवानपुर, चितवन, सर्लाही, रौतहट र बाराले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख र दोस्रो टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्ने संघका महासचिव छवि सुवेदीले बताए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
- दिव्य स्पोर्टस एकेडेमीलाई नागस्वती युथ कपको उपाधि
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई