बाहुनडाँगी (झापा) । टाइब्रेकरमा भाग्यमानी बन्दै आयोजक बाहुनडाँगी युवा क्लब यहाँ जारी विद्या विकास एकाडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कप २०८२ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्थानीय सरस्वती माविको मैदानमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा पाहुना टोली रथखोला फुटबल एकाडेमी नक्सालबाडी (भारत)लाई टाइब्रेकरमा ५-४ गोलअन्तरले पराजित गर्दै आयोजकले अन्तिम चारमा स्थान बनाएको हो ।
निर्धारित ८० मिनेटको समयमा दुवै टोलीले गोलरहित बरारबरी खेलेपछि टाइब्रेकरबाट निर्णय लिइएको हो । टाइब्रेकरमा रथखोलाका अमनको प्रहार आयोजकका गोलरक्षक अभिषेक लिम्बूले रोकेपछि जित सुनिश्चित बनेको थियो ।
टाइब्रेकरमा रथखोलाका कप्तान अनमोल, सदिश, श्रृजल र गोलरक्षक राजीवको प्रहारमात्र गोलमा परिणत भएको थियो भने आयोजकका लागि हेमन लिम्बू, विप्लव श्रेष्ठ, जोन विष्ट, किस्मत लिम्बू र नितेश राईको प्रहार गोल भएको थियो ।
खेलमो प्लेयर अफ दी म्याच आयोजकका गोलरक्षक अभिषेक लिम्बू भए । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, आयोजक क्लबका अध्यक्ष राजीव मोतेले नगद २ हजार प्रदान गरे ।
भोलि पहिलो सेमिफाइनल खेल शनिश्चरे एफसी झापा र रेडहर्ष एफसी इलामबीच हुनेछ । विद्या विकास एकाडेमी मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार र ट्रफी पाउने छ । बाहुनडाँगी युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको उपविजेताले नगद ६१ हजार पाउने छ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा