राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शुक्रबार पोखरामा भएको कार्यक्रममा तामाङलाई उत्कृष्ट प्रशिक्षक घोषणा गरिएको हो । वर्ष उत्कृष्ट प्रशिक्षकमा तामाङसँगै भलिबलका रमेश केसी र टेनिसका निरज थापा पनि मनोनयनमा परेका थिए ।
वर्ष उत्कृष्ट प्रशिक्षक तामाङलाई नगद ३५ हजार रूपैयाँको साथमा अवार्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । उनलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, मुक्तिनाथ विकाश बैंक गण्डकीका प्रमुख रसिक भण्डारी, टाइगर ग्रुप अफ पोखराका सचिव डिबी नेपालीलगायतले नगद, प्रमाणपत्र र अवार्ड अर्पण गरेका थिए ।
Post Comments