ANFA माथागढी गाउँपालिका फाइनलमा
सुरज राना मगर

सराई । सहज जित हात पार्दै आयोजक माथागढी गाउँपालिका यहाँ जारी माथागढी कप पालिकास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

माथागढी–३ स्थित सराई खेलमैदानमा भएको पहिलो सेमिफाइनलमा माथागढीले तिनाउ गाउँपालिकालाई ५–१ को फराकिलो अन्तरले हराउँदै उपाधि नजिक पुगेको हो ।

खेलमा माथागढीका सचिन थापा मगर म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत बैशाख २९ गते सोमबारको दोस्रो सेमिफाइनल खेल रामपुर नगरपालिका र तानसेन नगरपालिकाबीच हुने खेल संयोजक तेज घर्ती मगरले जानकारी दिए ।

माथागढी गाउँपालिका युवा तथा खेलकुद विकास समिति, माथागढी, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख ३१ गतेका दिन हुनेछ ।

Post Comments