
काठमाडौं । आफ्नो पहिलो खेलमै उत्कृष्ट जित हात पारेको नेपाल पहिलो खेलको नतिजाबाटै जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालसँगै समूह बी बाट आयोजक भारत पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।
अ रुणाचल प्रदेशको युपिया शहर स्थित गोल्डेन जुब्ली स्टेडियममा भएको खेलमा नेपालका लागि लक्षु थापा, सुबास बम, विज्ञान खड्का, धर्बेन्द्र कुँवर र सुजल डंगोलले गोल गरे ।
आइतबार भएको दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ५–० को फराकिलो जित निकाल्यो । प्रतियोगितामा श्रीलंकाको यो लगातार दोस्रो हार थियो । यसअघि श्रीलंकाले आफ्नो पहिलो खेलमा भारतसँग ८–० को हार बेहोरेको थियो । एक–एक खेलबाट समान ३–३ अंक जोडेका भारत र नेपाल समूह बी तर्फ क्रमशः पहिलो र दोस्रो स्थानमा छन् र अन्तिम चारमा स्थान पक्का गरेका छन् ।
अंकविहीन श्रीलंका भने पुछारमा छ र प्रतियोगिताबाट बाहिरिएको छ । अब मई १३ तारीखका दिन हुने समूह बी तर्फको अन्तिम खेलमा नेपाल र भारत बीचको खेलको नतिजाले समूहको विजेता तथा उपविजेताको टुंगो लाग्नेछ ।
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने