पाँचौं हेटौडा मेयर कप शुरु, हेटौडा–११ को विजयी शुरुवात
बिक्रम बानियाँ क्षेत्री

हेटौंडा । हेटौंडा उपमहानगरपालीका नगर खेलकुद बिकास समितिको आयोजनामा शनिबारबाट हेटौडाको पिप्लेक्याम्पा रंगशालामा पाँचौ मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ c प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा–११ ले डिफेन्डिङ च्याम्पिएन हेटौंडा–४ लाई ३–० गोलअन्तरले पराजित गर्यो ।

विजयी टोलीको तर्फबाट पबन राई, सम्बन्ध डिम्डुङ र मनोज घलानले एक/एक गोल गरेका थिए । खेलमा उत्कृष्ट खेल प्रर्दशन गरेका हेटौंडा–११ का पवन राइ खेलको म्यान अफ दी म्याच घोषित भएका थिए । उनले नगद २ हजार सहित शिल्ड प्राप्त गरे ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले गरेका थिए । नगर खेलकुद विकास समिति अध्यक्ष रविन्द्र घिमिरेको सभाध्यक्षतामा भएको उद्घाटन समारोहमा उपमेयर राजेश बानियाँलको प्रमुख आतिथ्यता रहेको थियो ।

यही जेठ १३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । प्रतियोगितामा हेटौडाका कुल १९ वार्डका फुटबल टोलीहरु सहभागि छन् ।

Post Comments