News
केराबारीलाई लगातार दोस्रोपटक पानबारी गोल्डकपको उपाधि

धरान । यहाँ सम्पन्न दोस्रो पानबारी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि डिफेन्डिङ च्याम्पियन केराबारी फुटबल क्लब, मोरङले जितेको छ ।
शनिबार सम्पन्न फाइनलमा केराबारीले सिसिडिआइसी फुटबल क्लब, धनकुटालाई २–१ ले हराउँदै लगातार दोस्रोपटक उपाधि जित्नुका साथै उपाधि रक्षा गर्न समेत सफल भएको हो ।
पानबारी फुटबल क्लब, धरानको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता बनेको केराबारीले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्यो भने उपविजेता सिसिडिआइसीले १,११,१११ रुपैयाँमा चित्त बुझाउन बाध्य बन्यो ।
Post Comments