Goalnepal Foundation नेपाली फुटबलको आरोह, अवरोहलाई चिर्दै गोलनेपालको १५ वर्ष
गोलनेपाल

काठमाडौ । नेपाली फुटबलको हरेक कुनालाई चियाउँदै फुटबल समर्थकमाझ आफुलाई विशेष रुपमा चिनाउन निरन्तर प्रयासरत रहेको गोलनेपाल डटकमले आजकै दिनदेखि १५ वर्ष पूरा गरेको छ ।

शुरूवाततिर सिमित श्रोत, साधन र अनेक चुनौतीका बीच नेपाली फुटबलको हिजो, आज र भोलीलाई समस्त फुटबल समर्थक माझ पस्कने जमर्को गरेको गोलनेपालले त्यो अभियानलाई अझै जारी राखेको छ ।

बिबा मिडिया ग्रुप कै एक अभिन्न अंगका रुपमा अहिले नेपाली फुटबलमा सक्रिय रहेको गोलनेपाललाई सबैको साथ, सहयोग र माया मिलेको बिबा मिडीया ग्रुपका सिईओ बिक्रम थापाले बताए ।

सिईओ थापा भन्छन, "सबैको साथ र सहयोगले नै गोलनेपालको यो यात्राले यतिको दुरी कायम गर्न सफल भयो । हामी हरेक गाउँठाउँमा पुग्न चाहन्छौं । हरेक स्थानीय फुटबल र खेलाडीहरुको आवाज बन्न चाहन्छौं । यसमा सबैको साथ, समर्थन र सहयोगको खाचो हामीलाई छ ।"

नेपाली फुटबलमा गोलनेपालको यो यात्रा अझै शुरूवात मात्र रहेको बताउँदै सिइओ थापाले गोलनेपाललाई यहाँसम्म ल्याईपुर्याउन सहयो गर्नुहुने सबैलाई आभार र धन्यवाद दिए ।

 

Post Comments
Advertisement Yamaha Nepal