Goalnepal Foundation कार्कीलाई आरसिटी र अमेरिकाबाट सहयोग
गोलनेपाल

काठमाडौं । सवारी दुर्घट्नामा परि गम्भिर घाइते भएर बिरगंज स्थित नारायणी अस्पताल स्थित आइसीयुमा उपचाररत फुटबल खेलाडी लोकेन्द्र कार्कीलाई उनको क्लब रानीपोखरी कर्नर टिम (आरसिटी) र अमेरिकाबाट सहयोग प्राप्त भएको छ ।

कार्कीले देुई बर्ष अघि शहिद स्मारक बी डिभिजन लिग खेलेको क्लब आरसिटीले उनको उपचारका लागि ५० हजार सहयोग गरेको हो । सो रकम क्लबले कार्कीका पिता रेख बहादुर कार्कीलाई हस्तान्तरण गरेको थियो ।

अमेरिकाबाट खेलप्रेमीहरुको सहयोग

त्यस्तै कार्कीलाई अमेरिकामा रहेका नेपाली फुटबल समर्थक प्रमोज अधिकारी र उनको साथीहरु मिलेर ७७,५४७ रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।

अधिकारीले आफू नेपाली फुटबलको सधै राम्रो समर्थक रहेको बताउँदै नेपाली फुटबलले विकासको फड्को मारेको हेर्न चाहेको बताए । साथै उनले आगामी दिनहरुमा पनि खेलाडी तथा नेपाली फुटबलका लागि आफूहरु सहयोग गर्न तयार रहेको बताए ।

 

Post Comments