काठमाडौं। मछेनारायण रिक्रियसन सेन्टरले दोस्रो संस्करणको एरिना ७ ए साइड फुटसल प्रतियोगिता २०८३ को उपाधि जितेको छ।
एरिना फुटसलको आयोजनामा असोज १७ गते सम्पन्न प्रतियोगिताको फाइनलमा मछेनारायण रिक्रियसन सेन्टरले वी प्ले स्पोर्ट्स एकेडेमीलाई २–१ गोलअन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो।
उपाधिसँगै विजेता मछेनारायण रिक्रियसन सेन्टरले नगद रु. १ लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै, उपविजेता वी प्ले स्पोर्ट्स एकेडेमीले नगद रु. ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।
प्रतियोगिताको व्यक्तिगत विधातर्फ मछेनारायण रिक्रियसन सेन्टरका मनिष श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए। उनले नगद रु. ५ हजारसहित ट्रफी प्राप्त गरे।
त्यस्तै, वी प्ले स्पोर्ट्स एकेडेमीका पेम्बा तामाङ सर्वाधिक गोलकर्ता घोषित हुँदै नगद रु. ५ हजारसहित ट्रफी प्राप्त गर्न सफल भए। वी प्लेकै नवीन लामा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले पनि नगद रु. ५ हजारसहित ट्रफी प्राप्त गरे।
- मणिग्राम युनाइटेडलाई चौथो लाफा तथा प्रथम वार्ड अध्यक्ष कपको उपाधि
- न्यु होराईजनलाई होराईजन जिबिएस कपको उपाधि
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- पेस एक्स स्पोर्टसलाई ५ ए साइड महिला प्रिमियर लिगको उपाधि
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा