Goalnepal Foundation विश्वासलाई करिब १० लाख कै हाराहारीमा सहयोग हस्तान्तरण
गोलनेपाल

काठमाडौं । परिवारिक पिडामा परेर आर्थिक समस्यासँग समेत जुधिरहेका फुटबल खेलाडी विश्वास श्रेष्ठलाई राष्ट्रिय खेलाडी, ए डिभिजन खेलाडी, फुटबल समर्थक तथा शुभेच्छुकहरुबाट ९,९६,४०३ रुपैयाँ सहयोग उपलब्ध गराइएको छ ।

घरको पिडासँगै आर्थिक मारमा समेत परेपछि गोलनेपाल फाउण्डेशनले पनि विश्वासलाई सहयोग गर्न आर्थिक रकम जुटाउने अभियान चलाएको थियो । गोलनेपालले विश्वासको परिवारलाई सहयोगका लागि आफ्नो तर्फबाट १० हजार सहयोगका साथ अभियान शुरु गरेको थियो ।

स्मरण रहोस, गत भदौमा विश्वासको घरमा आगलागी हुँदा लाखौंको धनमाल क्षति भएको थियो । लगतै गत मसिरको शुरुवाततिर उनका पितालाई घरायसी कामका बेला करेन्ट लाग्दा उनी चार तलामाथि खस्न पुगि गम्भिर घाइते भएका थिए । हाल ग्राण्डी अस्पताल, काठमाडौमा उपचार गराइरहेका श्रेष्ठ परिवारलाई थप आर्थिक मार परेको थियो ।

पिता कै उपचारमा भएको सबै खर्च सकिन लागेपछि विश्वासले साथीभाई लगायत शुभेच्छुक र नेपाली फुटबल समुदायसँग सहयोगाको अपिल गरेका थिए । विश्वासलाई सहयोग गर्ने अभियानको नेतृत्व भने सिनियर खेलाडी तथा संकटा क्लबका मिडफिल्डर लक्ष्मण रुचालले गरेका थिए ।

सहयोग अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै रुचालले भने, "सानैदेखि चिनेको भाई हो विश्वास । उसको घरमा अहिले परेको यो पिडालाई केही हदसम्म सहयोग गर्न हामीले यो सहयोग अभियान चालेका थियौं । यति सहयोगले पनि विश्वासको परिवारलाई केही राहत मिल्ने हाम्रो विश्वास छ ।"

उता गोलनेपाल फाउण्डेशनका सिइओ बिक्रम थापाले पनि सिनियर खेलाडी रुचालले चालेको त्यो कदमलाई सराहनीय भन्दै प्रशंसा गरे । साथै विश्वासलाई सहयोग गर्ने अभियानमा फाउण्डेशनले पनि सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे । उनले यो अभियानमा सहयोग पुर्याउने सबैलाई धन्यवाद समेत दिए ।

विश्वासको परिवारलाई सहयोग गर्न इच्छुकले अझै पनि निम्न ठेगानामा सहयोग गर्नहुनेछ ।

Online transfer /Bank Deposit 


Bishwash Shrestha 

Machhapuchre Bank Limited 
A/C No: 2840524309472015 



Remit:


Bishwash Shrestha

Waling, Syangja, Nepal 

Mobile: 9823531906

Post Comments
Advertisement Yamaha Nepal