Gorkhalis Abroad फरएभर योङ एफसीलाई टुओम्बा खुकुरी कपको उपाधि
गोलनेपाल

काठमाडौं । टुओम्बा नेपलीज फुटबल क्लबको आयोजनामा अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको टुओम्बा शहरमा सम्पन्न टुओम्बा खुकरी कप २०२२ फुटबल प्रतियोगिताको उपाधि फरएभर योङ फुटबल क्लब, ब्रीसबेनले जितेको छ ।

फाइनलमा फरएभर योङ फुटबल क्लबले भुटानिज नेपलिज एसोसिएसन अफ क्वीन्सल्याण्डलाई ३–२ ले हराउँदै विजेता बन्न सफल भएको हो । विजेता बनेको फरएभरले उपाधिसहित नगद ४ हजार अष्ट्रेलियन डलर हात पार्यो । त्यस्तै उपविजेता बनेको भुटानिज नेपलिज एसोसिएसन अफ क्वीन्सल्याण्डले १५ सय अस्ट्रेलियन डलर, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

फाइनल खेलको म्यान अफ द म्याच र उत्कृष्ट गोलरक्षक फरएभर योङ फुटबल क्लबका स्यामुअल श्रेष्ठ घोषित भए । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भुटानिज नेपलिजका अदिप मगर चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार रोशन लामिछानेले हात पारे भने टुओम्बा नेपलिज फुटबल क्लब फेयर प्ले टिम बन्यो ।

त्यसैगरी तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा गोर्खा फुटबल क्लबले फुनसेन फुटबल क्लबलाई २—१ ले हरायो । तेस्रो बनेको गोर्खाले नगद ७ सय ५० अष्ट्रेलियन डलरसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

 (तस्विरः एसएण्डपी फोटोग्राफी)

Post Comments