Gorkhalis Abroad इजरायलमा नयाँ वर्ष कप हुँदै
गोलनेपाल

काठमाडौं । नेपाली नयाँ बर्ष २०८० को उपलक्ष्यमा इजरायलमा “लायन नयाँ बर्ष २०८० कप” फुटवल प्रतियोगिता हुने भएको छ । गत शुक्रबार तेलअभिवमा भएको पत्रकार सम्मेलनमा प्रतियोगिता बारे जानकारी दिईएको हो । लायल तेलअविभ इजरायल फुटवल क्लबको आयोजनामा आउदो अप्रिल १४ मा प्रतियोगिताको आयोजना हुने भएको छ ।

आयोजक क्लबका संस्थापक दिपक प्रसाद ओलीका अनुशार यस पटकको प्रतियोगितामा इजरायलमा भएका प्रतियोगिताहरुकै सबै भन्दा धेरै पुरस्कार राशी राखेर आयोजना गर्न लागिएको बताएका छन् । उनका अनुशार प्रथम पुरस्कार 11,111 सेकल नगद ट्रफि, मेडल र दोश्रो 5,555 सेकल नगद सहित ट्रफि मेडल राखिएको छ ।

यस्तै यस पटक बिधागत पुरस्कार पनि थप गर्दै पहिलो पल्ट उत्कृष्ट कोच, मेनेजर र राईजिङ प्लेयर सहित Fair Team Cup, Man Of the Match, Best Keeper, Best Defender, Most Valuable Player, High Score लगायत लाई ट्रफि राखिएको बताईएको छ ।

आयोजक क्लबका ब्यवस्थापक खेमराज जमरकट्टेलका अनुशार यस पटकको प्रतियोगितामा इजरायलमा स्थापित आयोजक सहित ७ टिमले सहभागी जनाउने भएका छन् । जसमा आयोजक लायन तेलअविभ, Haifa Tiger FC, KYC FC, Rising Star FC, 7Star Haifa FC, United Brothers FC, Darjeeling United FC क्लबहरु रहेका छन् भने सहभागी टिमहरुको खेल तालिका पनि तयार गरिएको जानकारी दिएका छन् ।

पूर्व राष्ट्रिय फुटबल खेलाडी सुन्दर नेपालले सहभागी सम्पूर्ण टीमहरु लाई शुभकामना दिनु भयो । बिगत लामो समय देखी इजरायलमा रहेका नेपाली र नेपाली भाषीहरु बिच भाईचारा, सद्भाव र मित्रतालाई उच्च स्थानमा राखेर आयोजना हुदै आएका यस प्रकारका फुटवल प्रतियोगिताहरुको निरन्तरता स्वरुप यस पटकको प्रतियोगितालाई पनि हेरिएकोले भाईचाराको उचाई थप माथि पुग्ने आयोजकले बताएको छ ।

त्यस्तै गोलनेपाल अफिसियल मिडिया पार्टनरकाे रूपमा रही प्रत्यक्ष प्रसारणको भूमिका निभाउने छ।
 
Post Comments