तेस्रो मकवानपुरगढी कपः सेमिफाइनल पुग्ने टोलीहरुको टुंगो लाग्यो
बिक्रम बानियाँ क्षेत्री

शहीद रुद्र पाखिन ,वासुदेव घिमिरेको स्मृतिमा आयोजित तेस्रो खुल्ला ८ ए साइड फुटबल प्रतियोगिता तेस्रो दिन क्वाटरफाईनलका खेलहरु सम्पन्न भएका छन । जसबाट दाजुभाई एफ सी, ७ नं बिहानी टिम, सिमलटार युथ क्लव र गढी खेलकुद बिकास समिति सेमिफाईनलमा प्रबेश गरेको छ ।

हेटौडा । शहीद रुद्र पाखिन ,वासुदेव घिमिरेको स्मृति तेस्रो मकवानपुरगढी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने चारै टोलीहरुको टुंगो लागेको छ ।

मकवानपुरगढी गाउँपालिका–२ को कुर्लेदमारको खेलमैदानमा आईतबार बाट सुरु भएको प्रतियोगिताको तेस्रो दिनको पहिलो क्वाटरफाईनल खेलमा दाजु भाई एफ सी ले देबी डाडा युवा क्लबलाई दुई शुन्यले पराजित गरी सेमिफाईनलमा प्रबेश गरेको छ । पहिलो क्वाटरफाईनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका दाजु भाई एफ सीका साम्युयल सुनार खेलको म्यान अफ द म्याच घोषित भए ।

आजै भएको दोस्रो क्वाटरफाईनल खेलमा सात नम्बर बिहानी टिमले सयुक्त नब स्टार युवा क्लबलाई तिन एक गोल अन्तरले पराजित गरि गरी सेमिफाईनलमा प्रबेश गर्ने दोस्रो टोलि बनेको छ । दोस्रो क्वाटरफाईनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका सात नम्बर बिहानी टिमका बिकाश के सी खेलको म्यान अफ द म्याच घोषित भए ।

मंगलबार नै भएको तेस्रो क्वाटरफाईनल खेलमा सिमलटार युवा क्लबले योन्जन ढुवानी सेवालाई पेनाल्टी सुटआउटमा तिन दुई गोल अन्तरले पराजित गरि सेमिफाईनलमा प्रबेश गर्ने तेस्रो टोलि बनेको छ । तेस्रो क्वाटरफाईनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका सिमलटारका आयुश गोले खेलको म्यान अफ द म्याच घोषित भए ।

मंगलबार नै भएको अन्तिम क्वाटरफाईनल खेलमा गढी खेलकुद बिकास समितिले उत्तमपानि एफ सी लाई दुईका बिरुद्ध एक गोल अन्तरले पराजित गरि सेमिफाईनलमा प्रबेश गर्ने अन्तिम टोलि बनेको छ । अन्तिम क्वाटरफाईनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका बिजेता टिमला सुजन भोम्जन खेलको म्यान अफ द म्याच घोषित भए ।

मकवानपुरगढी गाउँपालिकाको कार्यालयको आयोजनामा भएको प्रतियोगिताको सह–आयोजकको रूपमा दाजुभाई एफसी मकवानपुर र खेलकुद विकास समिति मकवानपुरगढीको सक्रिय भूमिका रहेको छ ।

Post Comments