
नयाँवस्ती । हनामी बिएफसी, भरतपुर यहाँ जारी पेन्गुइन चौथो भरतपुर २४ गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा बिएफसीले प्याराडाईज युथ क्लबलाई शुन्यका विरुद्ध १ गोलको साँघुरो अन्तरले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।
बिएफसीको जितमा अफ्रिकी खेलाडी एडमले गरेको गोल नै निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता एडम नै खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।
प्रतियोगिता अन्तर्गत जेठ २९ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल सुर्यपुर फुटबल क्लब र जनशक्ति युवा क्लबबीच हुने आयोजकले जानकारी दियो ।
भरतपुर २४ गोल्डकप आयोजक कमिटी, भरतपुर–२४, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ३ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ ३१ गतेका दिन हुनेछ ।
- सूर्यपुर चौथो भरतपुर २४ गोल्डकपको फाइनलमा, उपाधिका लागि बिएफसीसँग भिड्ने
- सूर्यपुर चौथो पेन्गुईन भरतपुर २४ गोल्डकपको सेमिफाइनल प्रवेश गर्ने अन्तिम टोली
- प्याराडाइज चौथो भरतपुर २४ गोल्डकपको सेमिफाइनलमा
- जनशक्ति चौथो भरतपुर २४ गोल्डकपको सेमिफाइनलमा
- चौथो पेन्गुईन भरतपुर २४ गोल्डकप शुरु, विजयी शुरुवातका साथ बिएफसी सेमिफाइनलमा