ANFA
२०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन

काठमाडौं । अर्को वर्ष जापानमा हुने प्रतिष्ठित २०औं एसियन गेम्स (एसियाड) का लागि नेपाल ओलम्पिक कमिटीले ३० खेलहरु दर्ता गराउँदा त्यसमा लोकप्रिय खेलहरु तेक्वान्दो र फुटबल भने छैनन् ।
सम्बन्धित संघले खेल दर्ताका लागि नाम पठाएको खेलहरुको नाम दर्ता गरिएको र नपठाएका खेलहरुको नाम दर्ता नगरिएको ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले बताए ।
यद्यपि अहिले दर्ता नगरे पनि सरकारसँग समन्वयको प्रयास जारी राख्ने र आउने दिनमा सरकार तथा छुटेका संघले सहभागिता जनाउन चाहेमा आफूहरुले प्रयास चाँही गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यस्तो छ २०औं एसियन गेम्सका लागि दर्ता भएका खेलहरुः
Post Comments