ANFA
चपरहट्टी र डिएस युनाइटेड क्वाटरफाइनलमा
दिपनगर । चपरहट्टी फुटबल क्लब र डिएस युनाइटेड रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी नव एकता कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार दिनको पहिलो खेलमा चपरहट्टीले डिफ फुटबल क्लबलाई ६–१ को फराकिलो अन्तरले हरायो । खेलमा चपरहट्टीका अशोक घर्ती मगर म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै दोस्रो खेलमा डिएस युनाइटेडले पाल्पा युनाइटेडको चुनौति ३–१ ले पन्छाउँदै अन्तिम आठमा स्थान बनाउन सफल भयो । खेलमा डिएस युनाइटेड कै अनुप गुरुङ म्यान अफ द म्याच चुनिए ।
नव एकता युवा क्लब, तिलोत्तमा–८, प्रदिपनगर तथा प्रदिपनगर टोल विकास संस्थाको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार २७ गतेका दिन हुनेछ ।
Post Comments
Related News