म्याङ्लुङ । लाखे जात्रा तथा श्रीकृष्ण जन्माष्टमीको अवसरमा तेह्रथुमको म्याङ्लुङ रङ्गशालामा म्याङ्लुङ स्पोर्टिङ तेह्रथुमको आयोजनामा जारी नेत्र गुरागाँई स्मृति गोल्डकप पुरुष फुटबल प्रतियोगिताको उपाधि समीकरण पुरा भएको छ।
शनिबार सम्पन्न पहिलो सेमिफाइनलमा जिरीखिम्ती युथ क्लब तेह्रथुमलाई गत संस्करणको विजेता टोली बीबीसी म्याङ्लुङ तेह्रथुमले २-१ गोल नतिजामा पराजित गर्दै लगातार दोस्रोपटक उपाधि नजिक पुगेको हो। जिरीखिम्तीका डिम्पल भण्डारीको उपहार गोलमा बीबीसी म्याङ्लुङले अग्रता लिएको थियो।
पहिलो हाफ एक गोलले अघि रहेको बिबिसी दोस्रो हाफको १६ मिनेटमा सागर तिवारीले शानदार गोल गर्दा अग्रता दोब्बर गर्न सफल भयो । दोस्रो हाफको अन्त्यतिर जिरीखिम्तीका धीरज लिम्बुले एक गोल फर्काए पनि आफ्नो टोलीको हार भने जोगाउन सकेनन्। निर्धारित समयभर धेरै महत्त्वपूर्ण मौकाहरू खेरफाल्दा जिरीखिम्ती प्रतियोगिताबाट बाहिरिएको हो भने बीबीसीले लगातार दोस्रोपटक फाइनल खेल्न लागेको हो। उक्त खेलमा बीबीसीका किरन सुनार प्लेयर अफ द म्याच हुँदा नगद रु.२००० प्राप्त गरे।
दोस्रो सेमीफाइनलमा चुटान स्पोर्टिङ क्लब तेह्रथुमलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै चुलाचुली स्पोर्टिङ क्लब दमक झापा उपाधि नजिक पुगेको हो। निर्धारित समयभर दुवै टोलीबाट कुनै पनि गोल नहुँदा खेल सिधै पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटतर्फ झापाका गोलकिपर सन्दिप भट्टराई नायक बन्दा चुटानको उपाधि यात्रामा पुर्णविराम लागेको हो। उक्त खेलमा निर्धारित समयभर उत्कृष्ट खेल पस्किएका झापाका गोलकिपर सन्दिप भट्टराईले जित निकाल्ने क्रममा एक पेनाल्टी बचाउ गर्दै प्लेयर अफ द म्याच बनेका छन्।
अब चुलाचुली स्पोर्टिङ क्लब दमक झापाले उपाधिका लागि गत संस्करणको विजेता बीबीसी तेह्रथुमको सामना गर्नेछ। उक्त खेल शनिबार दिनको ठिक २ बजेबाट सञ्चालन हुनेछ।
- बिबिसी म्याङ्लुङ र चुटान स्पोर्टिङ क्लब तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको अन्तिम चारमा
- तेह्रथुमको म्याङ्लुङमा नेत्र गुरागाँई स्मृति गोल्डकप सुरु
- तेह्रथुम आठराई–बोखिम खुल्ला पुरुष फुटबलको उपाधि ह्वाकूलाई
- संखुवासभालाई मदन मेला पुरुष फुटबलको उपाधि
- पाँचथरको दारिम्बा एफसीलाई मदन मेला महिला फुटबलको उपाधि