चितवन । हानामी तेस्रो चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता भोलि (शनिबार) देखि सुरु हुँदैछ ।
आयोजक भरतपुर फुटबल क्लब बिएफसीले प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको छ । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा शनिबार आयोजक बिएफसी र भुटानको पक्षम फुटबल क्लब भिड्नेछन् ।
खेल दिउँसो ३:३० बजे सुरु हुनेछ । त्यसअघि प्रतियोगिताको भरतपुर महानगरपालिकाका नगर प्रमुख चित्रसेन अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको संयोजक धुर्व भुसालले जानकारी दिए । असोज ३ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, मलेसिया र भुटानका गरी ८ टोली सहभागी छन् ।
प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार र विधागत उत्कृष्टले १०-१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक दिनको प्लेयर अफ दि म्याचले केल्मी चितवनको तर्फबाट ५ हजार बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।
- तुम्बेवामा फुटबलको महाकुम्भ : पुरुषतर्फ सुम्निमा पारूहाङ र फक्ताङलुङ उपाधि भिडन्तमा, महिलातर्फ मौवा र हाङ्गुम फाइनलमा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपको सेमिफाईनल समिकरण पूरा
- तुम्बेवा गाउँपालिका अध्यक्ष कपः सुम्निमा पारूहाङ र तुम्बेवा ३ मौवा सेमिफाईनलमा प्रवेश
- पॅाचथरको तुम्बेवामा अध्यक्ष कपको रौनक : आयोजक पहेलोको विजयी सुरूवात
- तेस्रो फिदिम भेट्रान्स गोल्डकप चैत्र २५ देखि