ANFA सङ्खुवासभा गोल्डकपमा न्यु स्टार र प्लानिङ ब्वाइज सेमिफाइनलमा प्रवेश
गोलनेपाल

सङ्खुवासभाको खादबारी नगरपालिका ३ मानेभन्ज्याङमा सुरू सङ्खुवासभा गोल्डकपमा सुनसरीको न्यू स्टार क्लब र प्लानिङ ब्वाइज युनाइटेड काठमान्डौ सेमिफाइनलमा प्रवेश गरेका छन ।

सोमबार महेन्द्र मा.विको खेल मैदानमा सम्पन्न पहिलो क्वाटर फाइनलमा आयोजक एडभान्स क्लबलाई पेनाल्टि सुटआउटमा ५-३ गोलले पराजित गर्दै न्यू स्टार क्लब सुनसरी सेमिफाइनलमा पुगेको हो ।

निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसके पछि नतिजा पेनाल्टि सुट आउट मार्फत निकालिएको थियो ।

खेलको प्लेयर अफ दि म्याच सुनसरीका गोल रक्षक विश्वास चौधरी घोषित भए ।

त्यस्तै सोमबार नै सम्पन्न दोस्रो क्वाटर फाइनलमा खॉदबारी युथ क्लब सङ्खुवासभालाई १-० गोलले पराजित गर्दै ए डिभिजन क्लब प्लानिङ ब्वाइज युनाइटेड काठमान्डौ गोल्डकपको सेमिफाइनल प्रवेश गरेको हो ।

प्लानिङ ब्वाइजका लागि क्याप्टेन फागुराम थारूले गरेको एक मात्र गोलनै निर्णायक गोल बन्यो । खेलको प्लेयर अफ दि म्याच फागुराम थारू घोषित भए ।

दुबै खेलका प्लेयर अफ दि म्याचले पॉच पॉच हजार प्राप्त गरे ।

सङ्खुवासभा गोल्डकपको भव्य समुद्घाटन प्रमुख अतिथि खॉदबारी नगरपालिकाका मेयर महेश थपलियाले गरे ।

कार्तिक २० गते सम्म सन्चालन हुने गोल्डकपको विजेता टोलीले ५ लाख प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रूपैया प्राप्त गर्नेछ ।

सर्वोकृष्ट खेलाडीले १० हजार रूपैया र विधागत उत्कृष्ट खेलाडीहरूले जनही सात सात हजार रूपैया प्राप्त गर्ने गोल्डकपका संयोजक जिल्लामान राइले जानकारी दिए ।
गोल्डकपको दोस्रो दिन कार्तिक १७ गते मंगलबार क्वाटर फाइनलका बाकी दुइ खेल सन्चालन हुनेछन ।

मंगलबार हुने पहिलो खेल अर्थात तेस्रो क्वाटरफाइनलमा सलहेश युवा क्लब सिराहा र लोहोरूङ क्लब पाङ्मा सङ्खुवासभा बिच प्रतिस्पर्धा हुनेछ । त्यस्तै अन्तिम क्वाटर फाइनलमा झापा ११ एफसी र सेखा सामुदायिक क्लब बिच खेल हुने खेल तालिका रहेको छ ।

Post Comments