काठमाडौं (एजेन्सी) । फ्रान्स फुटबलले वार्षिक रुपमा दिंदै आएको प्रतिष्ठित बालोन डि‘ओर अवार्ड यसपटक पुरुषतर्फ इङल्याण्डका ह्यारी केन र महिलातर्फ स्पेनकी एलेक्सिया पुटेलासले जितेकी छन् ।
बायर्न म्युनिखका लागि व्यवसायीक फुटबल खेलिरहेका ३३ वर्षिय केनका लागि यो अवार्ड पहिलो र ऐतिहासिक समेत हो । यो अवार्ड २५ वर्षपछि कुनै इङलिस खेलाडीले जित्न सफल भयो । अन्तिमपटक यो अवार्ड सन् २००१ मा माइकल ओवेनले जितेका थिए । त्यति मात्र नभई केन यो प्रतिष्ठित अवार्ड जित्ने पाँचौं इङलिस खेलाडी समेत बनेका छन् ।
त्यस्तै बार्सिलोनाका लागि व्यवसायीक फुटबल खेलिरहेकी चर्चित मिडफिल्डर एलेक्सिया पुटेलासले किर्तिमानी तेस्रोपटक यो अवार्ड जित्न सफल भईन् । उनले यसअघि सन् २०२१ र २०२२ मा जितेकी थिईन् । यसअघि यो अवार्ड स्पेन कै आइताना बोनमतीले सन् २०२३, २०२४ र २०२५ मा लगातार तीनपटक जितेकी थिईन् ।