ANFA
प्ले अफ होडमा पोखरा, धनगढी र ललितपुर रोकिदा चितवनको शिर्षता कायम

काठमाडौं । तेस्रो नेपाल सुपर लिगतर्फ शनिबार दुई खेलहरु सम्पन्न हुँदा एकमा निश्चित जितको नतिजा निस्किएको छ भने अर्को खेल बराबरीमा टुंगिएको छ ।
दिनको पहिलो खेलमा पोखरा थन्डर्सले काठमाडौं रेजर्सलाई २–० ले हरायो । यो जितसँगै ३ खेलबाट ३ अंक जोड्दै पोखरा चौथो स्थानमा उक्लिएको छ र प्ले अफ खेल्ने सम्भावनालाई कायम राखेको छ । पराजित काठमाडौं भने २ अंकका साथ छैठौं स्थानमा झरेको छ ।
शनिबार नै भएको अर्को खेलमा दुई दावेदार टोली धनगढी एफसी र ललितपुर सिटी एफसीले गोलरहित बराबरी खेल्दै अंक बाँडे । यो बराबरी नतिजाले धनगढी र ललितपुर दुवै टोलीले शिर्ष स्थानमा उक्लिने अवसर गुमाएका छन् ।
बराबरीपछि ३ खेलबाट ५ अंक जोडेको ललितपुर दोस्रो स्थानमा छ भने २ खेलबाट ४ अंक जोडेको धनगढी तेस्रो स्थानमा छ । शिर्ष स्थानमा भने २ खेलबाट ६ अंक जोडेको एफसी चितवन रहेको छ ।
Post Comments
Related News
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा