ANFA
बेलबारी नगरपालिका तेस्रो मेयर कपको सेमिफाइनलमा

सुन्दरहरैँचा | तेस्रो मेयर कप अन्तर पालिका स्तरीय पुरुष फुटबल प्रतियोगिताको मङ्गलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा बेलबारी नगरपालिकाले ४-१ को अन्तरले दुहाबी नगरपालिकालाई हराउँदै बेलबारी सेमिफाइनलमा प्रवेश गरेको छ।
मङ्गलबारको प्लेयर अफ दि म्याच बेलबारीका विनोद अधिकारी घोषित भएका थिए । बुधबार पहिलो सेमिफाइनल खेल इटहरी उपमहानगरपालिका भर्सेस पथरी शनिश्चरे नगरपालिकाको बिचमा हुनेछ ।
Post Comments
Related News