ANFA मकालु फ्रेण्डलाई धनलक्ष्मी रनिङ कपको उपाधि
गोलनेपाल

फेदाप । यहाँ सम्पन्न रामनवमी मेला तथा धनलक्ष्मी रनिङ कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि मकालु फ्रेण्ड फुटबल क्लबले जितेको छ ।

शनिबार सम्पन्न फाइनलमा जिरीखिम्ती युवा क्लबलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै मकालु फ्रेण्ड च्याम्पियन बनेको हो । मकालु फ्रेण्डको जितमा रोशन माझी, रोहन गुरुङ र सञ्जय लिम्बुले गोल गरे ।

विजेता बनेको मकालु फ्रेण्डले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्यो भने उपविजेता जिरीखिम्तीले १,५१,००० सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

फाइनल खेलको म्यान अफ दि म्याच सञ्जय लिम्बु चुनिए । अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक असिम खड्का बन्दा उत्कृष्ट डिफेन्डर रोनी लामा बने । त्यस्तै उत्कृष्ट मिडफिल्डर सञ्जय लिम्बु चुनिदा सर्वाधिक गोलकर्ताको पुरस्कार रोशन माझीले हात पारे । प्रतियोगिता कै सर्वश्रेष्ठ खेलाडी भने सन्तोष लिम्बु घोषित भए ।

Post Comments