ANFA पॉचौ सन्दकपुर गोल्डकपको फाइनलमा ब्रदरहुड र बुट्टाबारी युनाइटेड भिड्ने
गोलनेपाल

सन्दकपुर । इलामको सन्दकपुरमा जारी पॉचौ सन्दकपुर गोल्डकपको उपाधिका लागि उदयपुरको ब्रदरहुड एफसी र बुट्टाबारी युनाईटेड फुटबल क्लब झापा भिड्ने भएका छन ।

शनिबार सात खाल्डे सहिद खेल मैदानमा सम्पन्न दोस्रो सेमिफाइनलमा रेड हर्ष फुटबल क्लब इलामलाई शुन्यका विरूद्ध दुई गोलले पराजित गर्दै बुट्टाबारी युनाइटेडले उपाधि भिडन्तमा ब्रदरहुड एफसी संगको भेट पक्का गरेको हो ।

बुट्टाबारीको जितका लागि दुबै गोल सागर रसाइलीले गरे । उनै सागर म्यान अफ दि म्याच बन्दै नगद दुइ हजार पॉचसय सहित ट्रफि प्राप्त गरे । 

ब्रदरहुड एफसीले पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन डॉगिहाट फुटबल क्लब मोरङलाइ ४-२ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।

सन्दकपुर गाउँपालिका ३ देउराली स्थित सात खाल्डे सहिद खेलमैदानमा चैत्र २५ गते देखि सुरू प्रतियोगिताको फाइनल खेल २०८२ वैशाख १ गते हुनेछ ।

देउराली स्पोर्टिङ क्लबको आयोजना तथा सन्दकपुर गाउँपालिकाको संरक्षकत्वमा सन्चालित प्रतियोगिताको विजेताले नगद २ लाख ५५ हजार र आकर्षक ट्रफी प्राप्त गर्नेछ ।

उपविजेताले नगद १ लाख ५५ हजार र ट्रफी पाउने छ भने प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद २ हजार ५ सय प्राप्त गर्नेछन । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फर्वाडर,उत्कृष्ट मिडफिल्डर,सर्वाधिक गोलकर्ता र उत्कृष्ट कोचले जनही ४-४ हजार पाउने आयोजक समितिका अध्यक्ष अइन्द्र राइले जानकारी दिए ।

 

Post Comments