
केराबारी । यहाँ सम्पन्न पाँचौं अध्यक्ष कप वार्डस्तरीय यु–१७ पुरुष फुटबल प्रतियोगिताको उपाधि केराबारी ६ ले जितेको छ । फाइनलमा केराबारी ६ ले केराबारी ८ लाई १–० ले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।
केराबारी ६ का पदम भुजेल फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । उत्कृष्ट गोलरक्षक केराबारी ६ कै देवेन्द्र तामाङ बन्दा उत्कृष्ट डिफेन्डर केराबारी ६ कै आरेश मगर चुनिए । त्यस्तै उत्कृष्ट मिडफिल्डर केराबारी ८ का विश्वास खड्का बन्दा उत्कृष्ट फरवार्ड पनि केराबारी ८ कै सन्जिव खड्का चुनिए ।
उदियमान खेलाडी केराबारी ८ का आयुष भण्डारी बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार केराबारी ६ का पदम भुजेलले हात पारे । उत्कृष्ट प्रशिक्षक भने केराबारी ६ कै बिकास परियार बने । त्यस्तै प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने केराबारी ६ का युकेश मगर घोषित भए ।
त्यसैगरी महिलातर्फ केराबारी १ की ममता लिम्बु उत्कृष्ट गोलरक्षक बनिन् । उत्कृष्ट डिफेन्डर केराबारी ५ की रोजिना मगर बन्दा उत्कृष्ट मिडफिल्डर केराबारी १ की जसु लिम्बु चुनिईन् । उत्कृष्ट फरवार्ड पनि केराबारी १ कै मलिका तामाङ बन्दा उदियमान खेलाडी केराबारी १ की प्रकृति लिम्बु बनिन् । उत्कृष्ट प्रशिक्षक केराबारी १ कै समिर मगर बन्दा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी केराबारी १ की सृष्टी मगर घोषित भईन् ।
स्मरण रहोस, यु–१९ महिलातर्फको उपाधि भने केराबारी १ ले यसअघि नै जितिसकेको छ । महिलातर्फ केराबारी १ ले फाइनलमा केराबारी ५ लाई हराउँदै उपाधि जितेको थियो ।