ANFA
मिक्लाजुङ गाउँपालिका फाइनलमा

चुलाचुली । प्रथम चुलाचुली अध्यक्ष कप अन्तर पालिका स्तरीय पुरुष फुटबल प्रतियोगिताको आज भएको दोस्रो सेमिफाइनल खेलमा चुलाचुली रातो लाइ २स्० ले हराउदै मिक्लाजुङ गाउँपालिका फाइनलमा प्रवेश गरेको छ ।
मिक्लाजुङ गाउपालिकाको लागि दुबै गोल पारस भिमकले गरेका थिए । दुबै गोल दोस्रो हाफमा सम्भब बनेको थियो । खेलको प्लेयर अफ दि म्याच प्रमोद नेपाली घोषित भएका थिए ।
प्रतियोगिता अन्तर्गत बैशाख १० गते बुधबारको फाइनल खेल आयोजक चुलाचुली गाउपालिका निलो भर्सेस मिक्लाजुङ गाउपालिकाको बिचमा हुनेछ ।
Post Comments