News
बाँसबारीको जितमा सरोज निर्णायक
काठमाडौं । शहिद स्मारक बी डिभिजन लिगतर्फ बाँसबारी क्लबले शुक्रबार झिनो अन्तरको जित निकाल्दै खातामा महत्वपूर्ण तीन अंक जोडेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको खेलमा बाँसबारीले च्यासल युथ क्लबमाथि १–० को साँघुरो अन्तरको जित निकाल्यो ।
खेलको ३१औं मिनटमा सरोज दर्लामीले गरेको एक मात्र गोल बाँसबारीलाई तीन अंक दिलाउन निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता दर्लामी खेलको प्लेयर अफ दि म्याच समेत चुनिए ।
यो जितसँगै ७ खेलबाट ९ अंक जोडेको बाँसबारी लिगतालिकाको पाँचौं स्थानमा उक्लेको छ । पराजित च्यासल भने ११ अंकका साथ चौथो स्थानमा छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)