ANFA
सुन्दरहरैचा फाइनलमा, उपाधिका लागि पथरी शनिश्चरेसँग भिड्ने

सुन्दरहरैचा । घरेलु टोली सुन्दरहरैचा नगरपालिका यहाँ जारी तेस्रो मेयर कप अन्तरपालिकास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा सुन्दरहरैचाले बेलबारी नगरपालिकालाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । खेलमा सुन्दरहरैचाका प्रशान्त खवास घोषित भए ।
अब सुन्दरहरैचाले यही बैशाख १३ गते शनिबार हुने फाइनलमा पथरी शनिश्चरे नगरपालिकासँग उपाधिका लागि भिड्ने आयोजकले जानकारी दियो ।
Post Comments