ANFA तेस्रो इभोलुशन कप हुँदै
सुरज राना मगर

बुटवल । आउँदै गरेको २५६९औं बुद्ध जयन्तीको अवसर पारी खेलकुद र सामाजिक कार्यमा समेत सक्रिय इभोलुशन क्लब अफ बुटवल, रुपन्देहीको आयोजनामा यही बैशाख १८ देखि २९ गतेसम्म तेस्रो इभोलुशन कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

बुटवल–१२, तामनगर स्थित चारपाला रंगशालामा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजक क्लबका अध्यक्ष राम पुनले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५१,१५१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष पुनले बताए । त्यसबाहेक विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

त्यस्तै प्रतियोगिता कै अवसर पारी बैशाख २८ गते विश्रामका दिन खुला रक्तदान कार्यक्रम र निःशुल्क डेण्टल शिविरको पनि आयोजना गरिने आयोजकले जानकारी दियो । क्लबको सामाजिक जिम्मेवारीलाई वन गर्दै रक्तदान र डेण्टल शिविरको आयोजना गरिएको क्लबले जनाएको छ ।

स्मरण रहोस, प्रतियोगिताको पछिल्ला दुई संस्करण लगातार लिस्नु युवा क्लब, कोटिहवाले जितेको थियो ।

Post Comments
Advertisement Yamaha Nepal