ANFA खोटाङ भगवती क्लब सेमिफाइनलमा
गोलनेपाल

भोजपुर । आठौ अन्तर्राष्ट्रिय आम्रन्त्रण भोजपुर मेयर गोल्डकप फुटबल प्रतियोगिताको।आज भएको तेस्रो क्वाटरफाइनल खेलमा नवबुद्ध युथ क्लब सप्तरीलाइ २:१ ले हराउदै खोटाङ भगवती क्लब सेमिफाइनल प्रवेश गरेको छ।

आज भएको खेलमा पहिलो हाफमा पेनाल्टी प्राप्त गरेपनि मिलन राइले गोल गर्नु नसकेपछि शुरुआति अग्रता लिनुबाट चुकेको नवबुद्ध युथ क्लब सप्तरीले पहिलो हाफको २६ मिनेटमा आकास राइले सुन्दर गोल गरेपछि भगवती युथ क्लबले सुरवाति अगता लियो। पहिलो हाफको ३६ मिनेटमा युसुब मलिकले नमबुद्द युथ क्लबले बराबरि गोल गरे।

पहिलो हाफमा १:१ बराबरि सकिएको खेलमा दोस्रो हाफको इन्जुरि समयमा खोटाङ भगवतीका जर्सि न ९९ का MD SANI ले गोल गरेपछि २:१ को जित निकाल्दै भगवती युथ क्लब खोटाङ सेमिफाइनल प्रवेश गर्यो ।

खेलको प्लेयर अफ दि म्याच मोहम्मद सनी घोषित भए । भोलिको अन्तिम क्वाटरफाइनल खेल डिफेन्डिङ च्याम्पियन क्लब चर्च ब्वाइज क्लब काठमाडौ भर्सेस एलएक्स सिटी बेलबारी एफसी को बिचमा हुनेछ

Post Comments