
काठमाडौं । जापानमा रहेका नेपालीहरुद्वारा स्थापित खुकुरी एफसीको आयोजनामा आउँदो फेब्रुअरी १ तारीखका दिन सातौं खुकुरी एफसी रनिङ्ग कप फुटसल प्रतियोगिता हुने भएको छ ।
फुकुओका शहरमा हुने प्रतियोगिताको जनवरी २६ तारीखसम्म टिमदर्ता समेत खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४५००० जापानी येन तोकिएको पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५,२२,२२२ जापानी येन हात पार्नेछ भने उपविजेताले २,११,१११ जापानी येनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
प्रतियोगिताबारे विस्तृत जानकारीका लागि निम्न व्यक्ति र नम्बरहरुमा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छः–
Narayan: 080-3952-0535
Manoj: 090-3071-5920
Pramod: 080-9103-5673
Sabin: 080-8386-6379
Prakash: 080-9105-9841
Ashok: 090-4984-5125