News
प्लम्स्टीड युकेलाई एनएफसी डुर्ने कपको उपाधि
काठमाडौं । प्रवासी नेपालीहरुबीच एनएफसी डुर्ने, बेल्जियमको आयोजनामा सम्पन्न भएको एनएफसी डुर्ने कप सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि प्लम्स्टीड युकेले जितेको छ ।
फाइनलमा सी१९ बेल्जियमलाई हराउँदै प्लम्स्टीड च्याम्पियन बनेको हो । विजेता बनेको प्लम्स्टीडले उपाधिसहित २५०० युरो हात पार्यो भने उपविजेता सी१९ बेल्जियमले १५०० युरोमा चित्त बुझायो ।
एनआरएनए नर्वेले फेयर प्ले पुरस्कार हात पार्यो भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्लम्स्टीडका जस पुन घोषित भए । सी१९ बेल्जियमका आशिष गुरुङ उत्कृष्ट गोलरक्षक बन्दा युकेका प्रताप गुरुङ उत्कृष्ट डिफेन्डर बने । त्यस्त्ै सी१९ बेल्जियम कै रिदेश गुरुङ सर्वाधिक गोलकर्ता घोषित भए ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने