Gorkhalis Abroad हङकङः पाँचौं मोना कप हुँदै
गोलनेपाल

काठमाडौं । म्याग्दी प्रवासी नेपाल संघ (मोना), हङकङको आयोजनामा यही जनवरी २९ तारीख (माघ १६ गते) का दिन चिनिया नयाँ वर्षको अवसर पारी पाँचौं मोना कप फुटबल प्रतियोगिता हुने भएको छ ।

हङकङको योङ लङस्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५,५५५ हङकङ डलर हात पार्नेछ भने उपविजेताले १५,५५५ हङकङ डलरसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फका उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ । र, प्रतियोगिताको प्रत्यक्ष प्रसारण पनि गोलनेपालले गर्नेछ ।

 

 

 

Post Comments