युइएफए महिला युरोः डिफेन्डिङ च्याम्पियन इङल्याण्ड पहिलो खेलमै स्तब्ध
गोलनेपाल

काठमाडौं (एजेन्सी) । उपाधि रक्षा गर्ने अभियानका साथ मैदानमा ओर्लिएको डिफेन्डिङ च्याम्पियन इङल्याण्डले जारी युइएफए महिला युरो च्याम्पियनसिपतर्फ आफ्नो पहिलो खेलमै हार बेहोरेको छ ।

ग्रुप अफ डेथ मानिएको समूह डी तर्फ इङल्याण्डले आफ्नो पहिलो खेलमा बलियो फ्रान्ससँग १–२ को हार बेहोरेको हो । फ्रान्सका लागि खेलको ३६औं मिनटमा मेरी कोटोटोले पहिलो गोल गरेकी थिईन् भने ३९औं मिनटमा स्यान्डी बाल्टीमोरले दोस्रो गोल गर्दै फ्रान्सको जित पहिलो हाफ मै प क्का गरेकी थिईन् । इङल्याण्डका लागि अन्तिमतिर ८७औं मिनटमा केइरा वाल्शले एक गोल फर्काए तापनि इङलिस टोलीको हार टार्न त्यो गोल प्रर्याप्त बनेन ।

उता समूह डी कै अर्को खेलमा पूर्व विजेता नेदरल्याण्डसले वेल्समाथि ३–० को प्रभावशाली जित निकाल्दै प्रतियोगितामा विजयी शुरुवात गर्न सफल भयो । समूह चरणको दोस्रो खेलमा अब ९ जुलाईका दिन इङल्याण्डले नेदरल्याण्डसको सामना गर्नेछ भने सोही दिन फ्रानसले वेल्ससँग खेल्नेछ ।

 

Post Comments