International साविक विजेता जोर्डन फाइनलमा
गोलनेपाल

काठमाडौं । साविक विजेता तथा दावेदार जोर्डन जारी वाफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलतर्फ जोर्डनले प्यालेस्टाइनलाई शून्यका विरुद्ध ५ गोलले हराउँदै लगातार दोस्रोपटक फाइनलमा प्रवेश गरेको हो ।

जेद्दाह शहर स्थित प्रिन्स अब्दुला अल–फैजल स्पोर्टस सिटी स्टेडियममा भएको खेलमा जोर्डनका लागि कप्तान समेत रहेकी मेसा जबराहले दुई गोल गरिन् । त्यस्तै लाना फेराज, अबु सबाह, अल जमैनले थप एक–एक गोल गरे ।

जोर्डनले अब मंगलबार राती नै हुने नेपाल र लेबनान बीचको दोस्रो सेमिफाइनल विजेतासँग फाइनल खेल्नेछ । फाइनल खेल भने फेब्रुअरी २९ तारीख बिहीबारका दिन हुनेछ ।

Post Comments