AFC/FIFA एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने
गोलनेपाल

काठमाडौं । दावेदार अल हिलाल क्लब सेमिफाइनलबाट बाहिरिए लगर्ते दोस्रो सेमिफाइनलमा अर्को दावेदार टोली अल नासर पनि पराजित हुँदै एएफसी च्याम्पियन्स लिग इलिटबाट बाहिरिएको छ ।

साउदी अरेबियाको जेद्दाह शहर स्थित किंग अब्दुल्लाह स्पोर्टस सिटी स्टेडियममा भएको खेलमा अल नासरले जापानको कावासाकी फ्रन्टेलसँग २–३ को हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको हो ।

यो हारसँगै पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोको अल नासरका लागि मुख्य उपाधि जित्ने सपना यसपटक पनि समाप्त भएको छ ।

एएफसी च्याम्पियन्स लिग इलिटको फाइनलमा अब मई ३ तारीखका लागि अर्को साउदी प्रो लिग क्लब अल अहली साउदी र कावासाकी फ्रन्टेल फाइनलमा भिड्ने छन् ।

Post Comments