News
श्री भगवतीको ऐतिहासिक उडान, अब शिर्ष डिभिजन लिग खेल्ने
काठमाडौं । श्री भगवती क्लबले ऐतिहासिक उपलब्धी हासिल गर्ने क्रममा मंगलबार महत्वपूर्ण जितका साथ घरेलु फुटबल टोलीको शिर्ष लिग ए डिभिजन लिगमा उक्लिएको छ ।
ब्वाईज युनियन क्लबमाथि २–१ को रोमाञ्चक जित निकाल्दै श्री भगवती पहिलोपटक शिर्ष डिभिजनमा उक्लिएको हो । यो जिसँगै १२ खेलबाट २६ अंक जोडेको श्री भगवती दोस्रो स्थानमा रहन सफल भयो । पराजित ब्वाईज युनियन भने १९ अंकका साथ तेस्रो स्थानमा रह्यो ।
ए डिभिजन लिगमा बढुवा हुने श्री भगवती दोस्रो टोली समेत हो । यसअघि प्लानिङ ब्वाईज युनाइटेडले पनि ए डिभिजन लिगमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । त्यस्तै जारी बी डिभिजन लिगबाट टुसाल युथ क्लब र नयाँ वस्ती युथ क्लब रेलिगेशनमा पर्दै सी डिभिजन लिगमा घटुवा भएका छन् ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)