News एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
गोलनेपाल

काठमाडौं (एजेन्सी) । अर्को वर्ष हुने प्रतिष्ठित फिफा विश्वकपमा एसियाली छनौटबाट सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली बनेको छ ।

समूह सी तर्फ अन्तिम तथा निर्णायक खेलमा अष्ट्रेलियाले साउदी अरेबियालाई उसकै घरमा २–१ ले हरायो । विश्वकपमा सोझै छनौट हुन अष्ट्रेलियालाई बराबरी वा जित काफी थियो भने साउदीलाई पाँच गोल बढी अन्तरको जित निकाल्नुपर्ने दबाब थियो । यद्यपि त्यसमा अष्ट्रेलियाले नतिजा आफ्नो पक्षमा पार्यो ।

समूह सी बाट जापानले यसअघि नै विश्वकपमा स्थान बनाईसकेको छ । समूह सी को तेस्रो र चौथो स्थानमा रहेका साउदी र इण्डोनेसियाले विश्वकप छनौटका लागि चौथो चरणको प्ले अफ खेल्ने छन् । सोही समूहमा रहेका चीन र बहराईन भने बाहिरिएका छन् ।

त्यस्तै समूह ए बाट इरान र उज्वेकिस्तानले विश्वकपमा स्थान बनाईसकेका छन् भने तेस्रो र चौथो स्थानमा रहेका क्रमशः युएई र कतारले चौथो चरणको प्ले अफ खेल्ने छन् । समूह ए बाट किर्गिस्तान र उत्तर कोरिया बाहिरिएका छन् ।

त्यस्तै समूह बी बाट दक्षिण कोरिया र जोर्डनले विश्वकपमा स्थान बनाएका छन् भने तेस्रो र चौथो स्थानमा रहेका इराक र ओमानले चौथो चरणको प्ले अफ खेल्नेछन् । समूह बी बाट प्यालेस्टाइन र कुवेत भने बाहिरिएका छन् ।

Post Comments