News
हेटौडामा इन्टर एसइइ फुटसल हुँदै
हेटौडा । जेनिथ सेकेण्डरी स्कुल, हेटौडा, मकवानपुरको आयोजनामा यही जेठ ३० र ३१ गतेका दिन इन्टर एसइइ फुटसल प्रतियोगिता हुने भएको छ ।
मक्रानचुली फुटसलमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि नगद ५ हजार प्राप्त गर्नेछ ।
त्यसबाहेक विधागततर्फ उत्कृष्ट गोलरक्षक, सर्वाधक गोलकर्ता र सर्वश्रेष्ठ खेलाडीहरुलाई जनही २–२ हजार नगद र ट्रफी प्रदान गरिने पनि आयोजकले जानकारी दियो ।
साथै प्रतियोगिताबारे विस्तृत जानकारीका लागि सम्पर्क नम्बरहरु 9845021526 / 9845060519 मा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि