News नागस्वती कप एट ए साईड फुटबल प्रतियोगिता असार पहिलो सातादेखि
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । नागस्वती युथ क्लब, हेटौडा–७, नागस्वती, मकवानपुरको आयोजनामा आउँदो असार ७ गतेदेखि नागस्वती कप अन्तर क्लबस्तरीय एट ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

नागस्वती–७, हेटौडा स्थित नवज्योति खेलमैदानमा हुने प्रतियोगिताको असार ४ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ७ हजार तोकिएको छ ।

हेटौडा उपमहानगरपालिका वडा नम्बर ७ को कार्यालय मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

 

Post Comments