News
डिएस युनाइटेड र डि युनिटी क्लब प्रिक्वाटरफाइनलमा

शिवपुर । डिएस युनाइटेड क्लब र डि युनिटी क्लब रुपन्देहीको तिलोत्तमा नगर स्थित शिवपुरमा जारी प्रथम योङ ब्वाईज कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
पहिलो चरणको खेलतर्फ शिवपुर माविको खेलमैदानमा भएको पहिलो खेलमा डिएस युनाइटेडले मनकामना युथ क्लबलाई २–१ ले पराजित गर्दै प्रिक्वाटरफाइनल यात्रा तय गर्यो ।
दोस्रो खेलमा डि युनिटीले न्यु राईज युथ क्लबलाई टाईब्रेकरमा हरायो । निर्धारित समयको रोमाञ्चक खेल २–२ को बराबरीमा सकिएपछि टाईब्रेकरमा डि युनिटी ३–१ ले विजयी बन्यो ।
योङ ब्वाईज क्लब र शिवपुर फुटबल क्लब, तिलोत्तमा, रुपन्देहीको संयुक्त आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । फाइनल खेल भने असार २३ गतेका दिन हुनेछ ।
Post Comments