फेदाप । तेह्रथुम, फेदाप गाउँपालिका–३ स्थित साविक जलजले–४ तोक्माकी सेमिहाङमा लिम्बु (पङ्धाक) ‘साफ महिला च्याम्पियनसिप २०२५’ खेल्न बंगलादेश प्रस्थान गर्न लागेकी छन्। उनले हालै सम्पन्न छनोट प्रक्रियाबाट उत्कृष्ट प्रदर्शन गर्दै नेपाली राष्ट्रिय महिला टिममा स्थान सुरक्षित गरेकी हुन् ।
बुबा टट ब. लिम्बु (पङ्धाक) र आमा मेनुका देवी कुरुम्बाङ (पङ्धाक लिम्बु)की कान्छी छोरी सेमिहाङमा खेलकुदप्रतिको रुचि र लगावका कारण छोटो समयमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुग्न सफल भएकी हुन्।
फेदाप–३ को मुनाल क्लबबाट फुटबल यात्राको सुरुवात गरेकी सेमिहाङमाले पहिलोपटक जिल्लास्तरीय प्रतियोगितामा सहभागी भई आफूलाई प्रमाणित गरेकी थिइन्। त्यसपछि उनले बागमती क्लबबाट लिग टुनामेन्टहरूमा सहभागी हुँदै आफ्नो प्रतिभा विस्तार गर्न थालिन्। लगत्तै उनले KTM Nepal FC र SNFA League जस्ता प्रतिष्ठित क्लबमार्फत पनि खेलेकी छन्।
उनले २०८१ माघ ७ गते भुटानविरुद्ध पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलिन्, जुन खेल बराबरीमा टुंगिएको थियो। त्यसपछि फागुन १७ गते इलाममा सम्पन्न अर्को अन्तर्राष्ट्रिय खेलमा पनि सहभागी भइ नयाँ उचाइ छोएकी थिइन्।
हाल उनी नेपाल पुलिस क्लब (NPC) बाट खेल्दै आएकी छन्। यिनै सिलसिलामा उत्कृष्ट प्रदर्शन गर्दै उनले २०८२ असार ९ गते ‘साफ गेम’का लागि आयोजना गरिएको छनोटमा स्थान बनाएकी हुन्। यससँगै उनी नेपालको प्रतिनिधित्व गर्दै बंगलादेशमा आयोजना हुने साफ महिला च्याम्पियनसिपमा सहभागी हुने पक्का भएको हो।
- तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि समीकरण पुरा
- बिबिसी म्याङ्लुङ र चुटान स्पोर्टिङ क्लब तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको अन्तिम चारमा
- तेह्रथुमको म्याङ्लुङमा नेत्र गुरागाँई स्मृति गोल्डकप सुरु
- तेह्रथुम आठराई–बोखिम खुल्ला पुरुष फुटबलको उपाधि ह्वाकूलाई
- संखुवासभालाई मदन मेला पुरुष फुटबलको उपाधि