News
सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
घिलुङ गाउँ । उदय श्री युथ क्लब, मुस्ताङको आयोजनामा हुने सातौं लो–छोग्याल जिग्मे मेमोरियल कपको नयाँ मिति घोषणा गरिएको छ ।
घिलुङ फुटबल मैदानमा हुने भनिएको प्रतियोगिताको सातौं संस्करण विविध कारणवश अब आउँदो साउन ५ गतेदेखि हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको अवसरमा फुटबलसँगै भलिबल, आर्चरी र विविध साँस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमको पनि आयोजना गरिने आयोजकले जानकारी दियो ।
Post Comments
Related News